सेयर बजार ९.४४ अंकले उकालाे लाग्दा, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ९.४४ अंकले उकालाे लाग्दा, काराेबार रकममा पनि सुधार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । आज बजार ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

आज ३१५ कम्पनीको ७६ लाख २४ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंक २.०९, विकास बैंक ३४.७६, वित्त कम्पनीको ५.७० जलविद्युत २०.१६, होटल समूह ४०.९१, जीवन बिमा ७९.१४ माइक्रोफाइनान्स ३०.७३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ६२.४५ र निर्जीबन बीमा ११४.९३ अंक बढेको छ । साथै, अन्य समूहको १०.१८ र टेडिङ्ग समूह १५.५७ अंकले घटेको छ ।

कारोबारमा समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३३ करोड ७६ लाख दुई हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज माउन्टेन इनर्जीको कारोबार रकम साढे १६ करोड नाघेको छ।

प्रकाशित : 6 February, 2024 3:38 pm