हिमालयन लघुवित्तकाे खुद ब्याज आम्दानी बढ्दा, नाफा भने ६०.७१ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन लघुवित्तकाे खुद ब्याज आम्दानी बढ्दा, नाफा भने ६०.७१ प्रतिशतले घट्याे



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा गत बर्षको तुलनामा ६०.७१ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको पुससम्म यसले एक करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी १० करोड ५५ लाखबाट बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

यसको इम्पेयमेन्ट चार्ज एक करोड ३५ लाखबाट घटेर ७८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । तर, संस्थाको विभिन्न शीर्षकमा खर्च भने बढेको छ । जसकारण यसको नाफामा असर परेको हो । हिमालयनको सञ्चालन नाफा ६० प्रतिशतले घटेर ७५ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

यो लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ११ करोड ८२ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ३ रुपैयाँ २९ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ ६२ पैसा छ । एनपीएल ३.५९ प्रतिशत पुगेको छ ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार ११:०६