सिद्धार्थ बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेकाे छ । बै‌ककाे संस्थापक सेयरधनीहरुको नाममा रहेको दुई लाख ४० हजार ६२५ कित्ता सेयर बिक्री खुल्ला गरेकाे हाे ।

यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २२ गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ । यसको मूल्य भने तोकिएको छैन ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार १५:०७