सेयर बजारमा समान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा समान्य गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य घटेर ओरालो लागेको छ । आज बजार ५.३१ अंक घटेर २०६१.७० विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको २.६८, होटल २७.७६, जलविद्युत १०.९५, जीवन बिमा ५७.४६, अन्य समूहको १८.६६ अंकले घटेको छ भने विकास बैंक २६.२५, निर्जीबन बिमा समूहको उपसूचक ५५.६० अंकले बढेको छ ।

युनिक नेपाल लघुवित्तको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, मोलुङ्ग हाइड्रोपावर कम्पनी र समाज लघुवित्तको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। कारोबारमा आएको महिला लघुवित्त र रावा इनर्जीको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३३ करोड ५८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २१ माघ २०८०, आईतवार १५:३१