महिला लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्तले लाभांश नदिने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ । माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित : 2 February, 2024 11:11 am