टेलिकमको ५१ प्रतिशत नगद लाभांस पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

टेलिकमको ५१ प्रतिशत नगद लाभांस पारित



काठमाडौं १ चैत । नेपाल दूरसञ्चार कम्पनीको नवौं वार्षिक साधारणसभाले सेयर धनीलाई ५१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । टेलिकमको भएको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले  स्वीकृति गरेको लाभांश रकम भोलीदेखि नै सेयरधनीलाई वितरण गरिने भएको छ । साधारणसभाले कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले आर्थिक वर्ष २०७२/७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी दिँदै सो अवधिमा कुल राजस्व ३ दशमलव ६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा १३ अर्ब ६८ करोड रुपैयाँ कमाउन सफल भएको बताए । साथै गत आर्थिक वर्षको तुलनामा ग्राहक संख्या १५ दशमलव ६५ प्रतिशतले बढेको उनको भनाइ थियो ।

कार्यक्रममा उनले कम्पनीबाट सञ्चालित आयोजनाहरू तेकिएको समयमा सम्पन्न गर्ने कर्मचारीलाई पुरष्कृत र नियतवश ढिलाई गर्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था कडाईका साथ लागू गरिने बताए ।

प्रकाशित : १ चैत्र २०७३, मंगलवार ०६:०१