आरम्भ चौतारी लघुवित्तको यस्ताे छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तको यस्ताे छ वित्तिय अवस्था ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९.४६ प्रतिशतले घटेर एक करोड २४ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ५९ लाख २६ हजार रुपैयाँ छ ।

यस अवधिसम्म सञ्चालन नाफा ३९.४६ प्रतिशतले घटेर एक करोड ७८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।प्रतिसेयर आम्दानी वार्षिक छ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।

प्रकाशित : १८ माघ २०८०, बिहीबार ११:१२