सेयर बजारमा गिरावट, पाँच अर्ब २९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा गिरावट, पाँच अर्ब २९ करोडको कारोबार



काठमाडौं। सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । आज बजार २१.६७ अंकले घटेर परिसूचक २०९७.९३ बिन्दु कायम भएको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

३१३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार रुपैयाँको कारोबार भएको छ। कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् ।कारोबारमा बैंकिङ समूहको ६.८५, विकास बैंक ७९.३०, होटल ११४.१७, होटल ३८.८७, जीवन बिमा १४७.४२, निर्जीबन बिमा ११६.५१ अंकले घटेको छ ।

कारोबारमा सामलिंङ पावर कम्पनी, मदाङकिनी हाईड्रोपावर, पिपुल्स पावर, रावा इनर्जी डेभलपमेन्ट, पिपुल्स हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, मिन्चियाम हाईड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङगे हाईड्रोपावर कम्पनीका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६३ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १५:५५