नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, पाँच अर्ब ५४ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, पाँच अर्ब ५४ करोडकाे काराेबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

आन कारोबार भएका ३०८ कम्पनीको पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको एक करोड ५१ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज कारोबारमा चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको सेयर पनि उच्च अंकले बढेको छ।

आज मिड सोलु हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७५ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १५:२४