‘डाटा गोपनीयता दिवस’ को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘डाटा गोपनीयता दिवस’ को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा



काठमाडौं । ‘डाटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहनेर कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् ।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधी अधिकारी सूनन्द मल्होत्राका साथैअन्य पदाअधिकारीहरूको उपस्थीतिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका थिए ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १४:४२