सरकारी कार्यालयहरु आजदेखि साँझ ५ बजेसम्म खुला रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सरकारी कार्यालयहरु आजदेखि साँझ ५ बजेसम्म खुला रहने



काठमाडौं । सरकारी कार्यालयहरु आजदेखि साँझ ५ बजेसम्म खुला रहने भएका छन् । शुक्रबार भने आधा दिन अर्थात् दिउँसो ३ बजेसम्म सरकारी कार्यालयहरु खुला रहने छन् ।

जाडो समयकोको लागि तोकिएको कार्यालय समय अवधि माघ १५ गतेबाट सकिएकोले आजबाट देशभरका सरकारी कार्यालयहरुको लागि नयाँ समय लागु भएको हो । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म अर्थात जाडोको समयमा भने सरकारी कार्यालयहरु ४ बजेसम्म खुला रहने गरेका थिए ।

गृह मन्त्रालयले ‘नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने’ गरि कार्यालय समय तोकेको छ। त्यस्तै शुक्रबारको दिन बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुने उल्लेख छ ।

त्यस्तै आधा दिन कार्यालय खुल्ने दिनमा भने ‘कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाको लागि दिनको १:०० बजे र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दिनको १:३० बजेसम्म’ तोकिएको छ । कार्यालयको सेवाप्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको लागि खाजा समय तोक्न सक्ने ब्यबस्था छ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १२:२३