काठमाडौं । सुनचाँदीको मुल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार भने छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय पाँच रुपैयाँ कायम रहेको थियो ।
Comment