स्वरोजगार लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १०:५०