त्रिभुवन विश्वविद्यालयले आजदेखि अनलाइनबाट सेवा दिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयले आजदेखि अनलाइनबाट सेवा दिँदै



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

यो सेवा पश्चात अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरेका हुन् । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान सोमबार सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।

सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट tuexam.edu.np लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

प्रकाशित : १५ माघ २०८०, सोमबार १६:०४