सेयर बजार १०.२६ अंकले उकालाे लाग्याे , काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार १०.२६ अंकले उकालाे लाग्याे , काराेबार रकममा पनि सुधार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उकालो लागेको छ। आज बजार १०.२६ अंकले बढेर परिसूचक २१०४.७२ बिन्दुमा रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.८६ अंक,फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ।

आज ३११ कम्पनीको एक करोड २३ लाख २२ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ५६ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक २.९१, वित्त कम्पनीको ९ , जलविद्युत २८.४३, होटल समूह ६.२०, जीवन बिमा ७७.५६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २६.९६, अन्य समूहको २८.५३ र टेडिङ्ग समूहको १२.७१ अंक बढेको छ । कारोबारमा बैंक ०.७४, माइक्रोफाइनान्स २.१८ र निर्जीबन बिमा १२.५६ अंकले घटेको छ ।

कारोबारमा आज यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज बिन्ध्यबासिनी हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र समाज लघुवित्तको सेयर पनि उच्च अंकले बढेको छ। कारोबारमा आएको गरिमा विकास बैंकको ऋणपत्रको मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६० करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १५ माघ २०८०, सोमबार १५:३८