सेयर बजारमा झिनो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंककाे गिरावट



काठमाडौं । साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले गिरावट आएको छ। आज बजार ३.९४ अंकले घटेर परिसूचक २०८४.०९ बिन्दु रोकिएको हो।

३०४ कम्पनीको एक करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर तीन अर्ब ७६ करोड ४५ लाख पाच हजार ४५० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन्। बैंकिङ समूहको उपसूचक २.२६, विकास बैंक ५.९५, वित्त २.६५ र ट्रेडिङ समूहको उपसूचक १४.६५ अंकले बढेको छ ।

कारोबारमा होटल ५८.८३, जीवन बिमा ४५.९०, उत्पादन तथा प्रशोधन समूहको ५.६०, माइक्रोफाइनान्स १८.३९, निर्जीबन बिमा समूहको उपसूचक ४७.३३ अंकले घटेको छ।

कारोबारमा सामलिंग पावर कम्पनी, मिड सोलु हाईड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलोपरका लगानीकर्ताले कमाएका छन् भने धौलागिरी लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ६७ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ माघ २०८०, बिहीबार १६:०९