यी दुई कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी दुई कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने



काठमाडौं । गत बर्षको नाफाबाट यी दुई कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेका छन् । माघ १० गते बसेको संञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार सानिमा जिआईसी इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तिय संस्थाले लाभांश नदिने घोषणा गरेका हुन् ।

सानिमा जिआईसी इन्स्योरेन्सलेगत बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ १० गते सम्पन्न संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

विन नेपाल लघुवित्तले पनि लाभांश नदिने भएको छ। कम्पनीको माघ १० गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रकाशित : ११ माघ २०८०, बिहीबार १४:४७