मिर्मिरे लघुवित्त वित्तिय संस्थाले यस अघि घोषणा गरेको लाभांश रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्त वित्तिय संस्थाले यस अघि घोषणा गरेको लाभांश रद्द



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले यस अघि घोषणा गरेको लाभांश रद्द गरेको छ । लाभांश प्रस्ताव गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश रद्द गरिएको लघुवित्तले जनाएको छ। माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : ११ माघ २०८०, बिहीबार १३:३७