सेयर बजार ओरालो लाग्ने क्रम जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ओरालो लाग्ने क्रम जारी



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १०.२५ अंक घटेर २०८८.०४ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन चार अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३११ कम्पनीको एक करोड १० लाख ४९ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.१३ अंक बढेको छ । कारोबारमा विकास बैंक ४०.६२, वित्त ८.८८, होटल ६.९५, जलविद्युत ३३.४३, जीवन बिमा ३८.०५, उत्पादन तथा प्रशोधन १२.७५, निर्जीबन बिमा ३२.२८, ट्रेडिङ समूहको ३०.९४ अंकले घटेको छ ।

आज चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, तेह्रथुम पावरको सेयरमूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : 24 January, 2024 3:21 pm