नवदुर्गा भवानी साकाेसले गर्याे माघ महिनाको कार्यक्रम सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नवदुर्गा भवानी साकाेसले गर्याे माघ महिनाको कार्यक्रम सार्वजनिक



काठमाडौं । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बार्षिक क्यालेण्डरको पुर्व योजना अनुसार माघ महिनाको आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । १५ औं बार्षिक साधारणसभा पछि संस्थामा बनेका सदस्यहरूलाई “सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण साथै नयाँ सदस्य स्वागत कार्यक्रम” गरी आफ्ना सेयर सदस्यलाई बित्तिय साक्षरता ज्ञान प्रदान गर्ने जनाएको छ ।

यसका लागि संस्थाले माघ १३ गते सदस्यहरूलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । त्यस्तै, संस्थाका सचिव रामकृष्ण पौंडेलले कार्यक्रममा “स्कुल स्कुलमा नवदुर्गा भवानी वित्तिय साक्षरता कार्यक्रम” आयोजना गर्ने तयारी गरेको जानकारी दिए । उक्त कार्यक्रममार्फत भर्रखरै पढ्दै गरेका बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्न सक्ने आर्थिक संकटलाई न्युनिकरण गर्न र बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित कसरी बनाउन सकिन्छ र यसमा सहकारीको भुमिका के रहन्छ र आजका बालबालिकाको भोलीको भविष्यको रेखा कोर्न सहकारी पनि एक महत्वपुर्ण संस्था हो भन्ने कुराको ज्ञान दिने उद्येश्य रहेको पौंडेलले बताए।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले कार्यक्रममार्फत सदस्यमा अझै थप सेवा र लगानी गर्न सदस्यको मन जित्दै समुदाय स्तरमा यो क्षेत्रकै उत्कृष्ट सेवा दिन सफल भएको प्रष्ट पारे । साथै, उनले उक्त सफलता शेयर सदस्यकै विश्वासका कारण रहेकाले अझै थप सेवा र लगानी संस्थाले गरिरहेको जानकारी दिदै शेयर सदस्यको गुनासो संकलन गर्ने उद्येश्यका साथ “ घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम “ गर्न लागेको बताए । यो कार्यक्रम माघ १५ गते देखि अब प्रत्यक महिनै गर्ने बताएका छन् ।

प्रकाशित : १० माघ २०८०, बुधबार १३:३४