नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि खुम्चियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि खुम्चियाे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर ओरालो लागेको छ । परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन छ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३१० कम्पनीको एक करोड १८ लाख एक हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ४.९४, जलविद्युत १५.४८, जीवन बिमा ७१.६८, उत्पादन तथा प्रशोधन १३.७०, ट्रेडिङ समूहको २४.६५ अंकले घटेको छ । कारोबारमा विकास बैंक ३.११, वित्त ५.०२, होटल २५६.८३, निर्जीबन बिमा ८०.४७, अन्य समूहको उपसूचक ९.७५ अंकले बढेको छ ।

आज चन्द्रागिरी हिल्स र नेपाल ल्यूब आयल लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, एनएमबि माइक्रोफाइनान्स र तेह्रथुम पावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। आज मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ५५ करोड नौं लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : ९ माघ २०८०, मंगलवार १५:४०