सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त



काठमाडौं। सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई बैंक तथा वित्तीय संस्था ऐन २०७३, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको स्वतन्त्र सञ्चालक सम्बन्धि नीति नियमको अधिनमा रहि उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : ९ माघ २०८०, मंगलवार १५:०८