न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध, यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध, यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाएको छ। यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराउने जनाएको छ।

काठमाडौँ टावरमा तीन सय वटा चारङ्ग्रे सवारी साधन र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ। आजदेखि पार्किङ् निषेध गरिएका ठाउँमा विशेष सरसफाइ गर्ने महानगरपालिकाको योजना रहेको छ ।

महानगरपालिकाले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने जनाएको छ। यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ।

प्रकाशित : ९ माघ २०८०, मंगलवार १०:१९