नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो, छ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो, छ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । पछिल्ला पाँच कारोबार दिनदेखि २१ सय विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से आज ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन सात अर्बभन्दा बढीको सेयर किनबेच भएको बजारमा आज ३०७ कम्पनीको एक करोड ८० लाख ४३ हजार कित्ता सेयर किनबेच हुदाँ छ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज टेड्रिङ समूहको उपसूचक १० अंकले बढेको छ भने बाकी अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १३.११ विकास बैंक ६३.७१, वित्त समूहको ३२.५१, होटल ३३.७६, जीवन बीमा ८१.०५, उत्पादन तथा प्रशोधन ७८, निर्जीबन बीमा समूहको उपसूचक १३७.२६ अंक, जलविद्युत समूहको उपसूचक ६०.५३ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७८ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको पनि आज ३१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। सोमबार अप्पर साङ्गे हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । आज सर्वाधिक गुमाउनेमा दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १५:३६