वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल दुइ हजार २४९ रुपैयाँमा र तीन हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल एक हजार ६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच तीन महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स एक, तीन र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । यसका साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन् । यो अफर सिमित अबधिको लागि लागु हुनेछ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १५:१६