एक रुपैयाँको ’पल्स क्यान्डी’ ३०० करोडको व्यापार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एक रुपैयाँको ’पल्स क्यान्डी’ ३०० करोडको व्यापार



१२५ करोडको देश अनि १ रुपैयाँको क्यान्डी, २ बर्षमा ३०० करोडको व्यापार । हरेकको जीब्रोलाई अचम्मको स्वाद दिने पल्सको सफलताको कथा निकै खास छ । फरवरी २०१५मा एक क्यान्डी भारतिय बजारमा आयो , त्यसको नाम थियो पल्स ।  रजनी गन्धा र कैच पानी बनाउने कम्पनी डीएस(धर्मपाल र सत्यपाल) गु्रपले काचो आपको स्वाद भएको टफी पल्सको लन्च गरेका थिए ।


कसैलाई थाहानै थिएन की यो सानो समयमा नै यो क्यान्डीले आफ्नो रेकर्ड राख्छ भनेर । मात्र ८ महिनामा १०० करोड आँकडालाई छुएर कोक जीरोको रेकर्डमा बराबरी नै भयो । पल्सले आफ्नो खास फेलेवरका कारण बजार कब्जार गर्न सफल भयो । काचो आपको फेलेवरको साथमा लन्च भएको यो क्यान्डीले फरक फरक उमेर समुहमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ ।

पल्स बजारको हिसाबमा  यो क्यान्डी पहिलो श्रेणीमा आउछ । जसको पुरा मार्केट लगभग २१०० करोड भारु छ । हाल यो २३ प्रतिशतको रेटमा अगाडी बढी रहेको छ । जस्मा ५० प्रतिशत शेयर म्यांगो फेलेवर कैन्डीको मात्रै छ ।  यो क्यान्डीको बीचमा नुन र स्पाइसेजको स्वाद पनि पाइन्छ ।  जो हार्ड बाइल्ड कन्डीको बजारमा बिशेष स्थान राख्छ ।

रोचक कुरा त के छ भने यसको व्यवसाय विकास गर्नको लागि मार्केटिङको कुनै व्यवस्था गरिएको थिएन । तर पनि यसको स्वाद आम मानिसको जिब्रोमा बस्न सफल भयो ।  भारतमा यसको व्यापार बढ्दै गएको कारण डीएस गु्रपले सिंगापुर, यूके र युएसमा पनि बिक्री सुरु गरेको छ । एजेन्सी

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ०५:०५