स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली नियुक्त



काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् । माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यसअघि सोहि बैठकले रिक्त रहेको संस्थाको सञ्चालक पदमा ज्ञवालीलाई नियुक्त गरेको थियो । उनलाई संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको हो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार ११:०४