‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल



काठमाडौं। म्याक कफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रूपले बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।
गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल पाएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत् बिजेताको औपचारिक गरिएको हो ।

वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत् पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।

उनका अनुसार तीनजनालाई मोटरसाइकल र थप १०० जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १७:११