नेप्सेमा दोहोरो अंकको गिरावट, कसले गुमाए ? कसले कमाए? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट, कसले गुमाए ? कसले कमाए?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । बैंकहरुको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएसँगै आज सेयर बजार पनि प्रभावित भएको हो । आज बजार २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ।

आज नेप्सेसंगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार आठ अर्ब बढीको सेयर कारोबार भएको बजारमा ३०८ कम्पनीको दुई करोड २८ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

आज समाज लघुवित्त, आँखु खोला हाइड्रोपावर, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् । आज ५६ करोड ७९ लाख १० हजार रुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमाल दोलखा हाइड्रोपावर र अपि पावर परेका छन् ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १५:३८