किसान लघुवित्तको निमित्त सीईओमा खड्का नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान लघुवित्तको निमित्त सीईओमा खड्का नियुक्त



काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई सीईओ पदमा नियुक्त गरेको हो ।

खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईआको जिम्मेवारी सम्हालेका छन् । यसअघि सीईओ पदमा पर्वतकुमार कार्की थिए । कार्कीलाई सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै उनले लघुवित्तबाट राजीनामा दिएका हुन् ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १५:१५