चण्डेश्वरी साकोसद्वारा आजाद मा.बि.लाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी साकोसद्वारा आजाद मा.बि.लाई सहयोग



बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, बनेपाले सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा-५, स्थित आजाद माध्यामिक बिद्यालयलाई ३० हजार बराबर साउण्ड सीस्टम हस्तान्तरण गरेको छ।

आज विद्यालयको प्रङ्गणमा बिद्यार्थीहरुको उपस्थीतिमा भएको औपचारिक कार्यक्रममार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठले बिद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठलाई साउण्ड सीस्टम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संस्थाका सीईओ झलेन्द्र दाहाल, सह सचिव रोशना राजबंशी, सञ्चालक सदस्य मनोहरी पोटे, बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठको उपस्थीति थियो ।

कार्यक्रममा संस्थाका सीईओ दाहालले संस्थाले हरेक वर्ष समुदायिक बिद्यालयलाई लक्षित गरि यस प्रकारको सहयोग गर्ने गरेको बताए । साथै सो साउण्ड सिस्टम प्रयोग गरि विद्यार्थीहरुले आफ्नो गायन उद्घोषण जस्ता कलामा निखार ल्याउन प्रयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिए।

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष समुदायीक विद्यालय सहयोग कार्यक्रम गर्ने गरेको छ । अघिल्लो वर्ष बनेपा-४, नाला स्थित चण्डेश्वरी माध्यामिक विद्यालयलाई खानेपानी प्युरिफायर हस्तान्तरण गरेको थियो ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार १६:१४