सुनकाे मुल्य तोलामा ५०० रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा ५०० रुपैयाँले बढ्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मुल्य बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन एक लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर एक लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने एक लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार ३९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार ११:०५