बिल गेट्सका १० विचार, जसले तपाईमा परिवर्तन ल्याउन सक्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

बिल गेट्सका १० विचार, जसले तपाईमा परिवर्तन ल्याउन सक्छ



विभिन्न संस्थाले सार्वजनिक गरेका रिपोर्टहरूमा उल्लेख गरिएको हुन्छ– अहिले विश्वको कुल सम्पत्तिमध्ये आधा त विश्वका धनी आठ व्यक्तिहरूको सम्पत्ति हो । यही सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको पनि नाम सामेल छ । गेट्सको कुल सम्पत्ति ९१.६ बिलियन डलर हो । गेट्स सबैभन्दा धेरै च्यारिटी गर्ने व्यक्तिमा पनि पर्छन् । उनले बिल एन्ड मेलिन्डा फाउन्डेसनका लागि २८ बिलियन डलर अनुदान दिएका छन् । तिनै बिल गेट्सका १० विचार, जसले इन्स्पायर गर्न सक्छन् :

१. यदि तपार्इं गरिब जन्मिनुभएको हो भने त्यो तपार्इंको कुनै गल्ती होइन । तर, यदि तपार्इं गरिब नै मर्नुभयो भनेचाहिँ त्यो तपार्इंकै गल्ती हो ।

२. यदि तपाईं कुनै पनि कुरा अत्यन्त राम्रोसँग गर्न सक्नुहुन्न भने त्यसलाई राम्रो देखाउने प्रयासचाहिँ गर्नुहोस् ।

३. यदि तपार्इंलाई तपाईंको शिक्षक ठीक छैन भन्ने लागिरहेको छ भने केही समय पर्खनुहोस्, मालिकलाई भेटेपछि शिक्षकबारे धारणा बनाउनुहोस् ।

४. यदि तपार्इंसँग पैसा छ भने तपार्इं विश्वको कुनै पर्वाह गर्नुुहुन्न । तर, तपाईंसँग पैसा छैन भने याद गर्नुहोस्, विश्वले तपार्इंको पर्वाह गर्ने छैन ।

५. सफलताको खुसी मनाउनुहोस्, तर तपार्इंले आफ्नो असफलताबाट पनि सिक्न नछोड्नुहोस् ।

६. नयाँ विषय तथा वस्तुसँग मानिसहरू डराउँछन् र कालान्तरमा त्यसलाई स्वीकार पनि गर्छन् । विद्युत् नै पनि यसको उदाहरण हो।

७. यदि तपाईंले केही बढी गर्नुपर्ने छ भने याद गर्नुहोस्, तपार्इंले रिस्क पनि लिनुपर्छ ।

८. कुनै पनि अप्ठ्यारो काम गर्नुपर्नेछ भने अल्छीहरूलाई छान्नुहोस्, उनीहरू काम गर्नका लागि अत्यन्त सहज तरिका छान्छन् ।

९. आफैँलाई दोस्रो कुनै पनि व्यक्तिसँग तुलाना नगर्नुहोस् । यसो गर्दा तपाईंको आत्मविश्वास कमजोर हुन्छ ।

१०. सफल नेतृत्व त्यसलाई मात्र मानिन्छ, जसले आवश्यक परेकालाई सहयोग गर्न कुनै अप्ठ्यारो मान्दैन ।

प्रकाशित : २८ फाल्गुन २०७३, शनिबार ०७:१५