डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच सहकार्य,भौतिक संरचना, कृषि क्षेत्रसहितका विवरण सजिलै थाहा पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच सहकार्य,भौतिक संरचना, कृषि क्षेत्रसहितका विवरण सजिलै थाहा पाइने



काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउने देखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच साझेदारी भएको छ । यी दुई स्टार्टअप बीचको सहकार्यका लागि बिहीबार कम्पनी प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारी ई-पालिका एपमा उपलब्ध हुनेछन् ।

निन्जा इन्फोसिसले निर्माण गरेको ई-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको छ । यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उनले नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको बताए । त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे ।

ई-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने छन् ।

प्रकाशित : ४ माघ २०८०, बिहीबार १६:१८