सेयर बजारमा तिब्र उतारचढाव, हाईड्रोपावरमा लगानीकर्ताको आर्कषण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा तिब्र उतारचढाव, हाईड्रोपावरमा लगानीकर्ताको आर्कषण



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। आज नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ। सुरुवाती समयमा नेप्से सूचक २१३३ विन्दुसम्म झरेको भएपनि अन्तिम समयमा नेप्से सूचक केहि बढेको हो।

बुधबार नौं अर्ब बढीको सेयर कारोबार भएको सेयर बजारमा बिहीबार २९८ कम्पनीको दुई करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर आठ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, तेह्रथुम हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ।

आज कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आउँदा जलविद्युत समूह, वित्त समूह र अन्य समूहको उपसूचकमा सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक २१.३७, अन्य समूहको २२.२६, वित्त समूहको ३.८७ अंकले बढेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.८२, विकास बैंक २८.०७, होटल ७९.७७, जीवन बीमा ५७.८२, उत्पादन तथा प्रशोधन ७७.९७, निर्जीबन बीमा समूहको उपसूचक १२७.५१ अंकले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित : ४ माघ २०८०, बिहीबार १५:५५