२७ औं वार्षिकोत्सवको अवसरमा नागरिक लगानी कोषको प्रभातफेरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

२७ औं वार्षिकोत्सवको अवसरमा नागरिक लगानी कोषको प्रभातफेरी



काठमाडौ २८ फागुन । नागरिक लगानी कोषले २७ औं बार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रममा कोष संचालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, मुख्य ब्यवस्थापक लगायत सबै कर्मचारीको उपस्थिती रहेको थियो । हरेक बर्ष वार्षिकोत्सवको पुर्व बिहानीमा कोषले बिगत देखीनै प्रभात फरी कार्यक्रम गर्दै आइरहेको छ ।

यो बर्ष पनि कोषले कार्यक्रमलाई निरन्तरता दिएको हो । सामाजकि उत्तरदायित्व अन्तगर्त कोषले अन्य बिबिध कार्यक्रम पनि संचालन गर्दे आईरहेको छ । शनिबार बिहान कोषको कार्यलयबाट सुरु भएको प्रभात फेरी कार्यक्रम माइतीघर मण्डला हुदै कोष परिषरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रभात फेरी कार्यक्रमलाई सम्बोधन गर्दे कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बजारमा आफुलाई प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउनु चुनौतिपुर्ण रहेपनि कोष त्यसतर्फ अघि बढीरहेको बताए । उनले आभास, सरल , र शैक्षिक कर्जाको नयाँ अबधारण ल्याइसकेको जानकारी दिए । पोखरेलले सवै कर्मचारीलाई होलिको शुभकामना पनि दिए ।

त्यसैगरी कोष सचालक समितिका अध्यक्ष महाश्रम शर्माले सबै कर्मचारीको सहयोग र सदभावको कारण कोष अहिलेको अवस्थामा आइपुगेको बताए । कार्यक्रममा कोष ब्यवस्थापन समुहले लेखापरिक्षण कार्य र ५ बर्षे रणनीतिक योजनाले आत्मसाथ गरेको लक्ष्य निर्धारित समयमै हासिल गर्ने प्रतिवद्वता ब्यक्त गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

प्रकाशित : २८ फाल्गुन २०७३, शनिबार ०५:५७