नेप्सेमा १२ अंककाे गिरावट, नौं अर्ब ७६ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा १२ अंककाे गिरावट, नौं अर्ब ७६ करोडकाे काराेबार



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेको बजार आज बुधबार १२.१० अंकले घटेर परिसूचक २१६१.५७ बिन्दु कायम भएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।

आज ३०० कम्पनीको तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर नौं अर्ब ७६ करोड ८९ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज कारोबारमा बैंकिङ समूहको ४.९२, विकास बैंक ८.३९, माइक्रोफाइनान्स ११.४१ र अन्य समूहको उपसूचक ३२.६३ अंकले बढेको छ । त्यस्तै, वित्त ६७.८३, होटल ८०.९१, जलविद्युत ७७.०३, जीवन बीमा १३२.९६ उत्पादन तथा प्रशोधन १२०.५०, निर्जीबन बीमा ३२.९०, ट्रेडिङ समूहको ४७.८१ अंकले घटेको छ ।

आज नेपाल वेयर हाउजिङ्ग कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था, हिमालयन रिइन्स्योरेन्स र गरिमा डिबेन्चर २०८५ को सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, आज इष्टर्न हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेण्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार १५:२१