सुनकाे मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ३ माघ २०८०, बुधबार ११:३२