लोवर इर्खुवा हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लोवर इर्खुवा हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने



काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँमा २८ लाख पाँच हजार ७५० कित्ता आइपीओ प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गर्नेछ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार ११:१३