सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सकाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सकाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस संस्थापक सेयरमा माघ ३ गते बुधबार देखि आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम पाँच हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा माघ ११ गतेसम्म आवेदन दिन मिल्नेछ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार १०:४०