माघे संग्रान्तिको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावतीमा रक्तदान कार्यक्रम संपन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माघे संग्रान्तिको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावतीमा रक्तदान कार्यक्रम संपन्न



काठमाडौं । विभिन्न समय समयमा वा चाड पर्वमा अनेकौं कार्यक्रम आयोजना गर्ने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा रहेको न्यौपानेटार युवा क्लबले यसवर्ष पनि माघे संग्रान्त्रीको दिन पारेर दोश्रो पटक रक्तदानमा सक्रिय भएको छ । ‘स्वास्थ्यको ख्याल गरौं रक्तदान गरौं ‘भन्ने मूल नाराका साथ सुरु गरिएको रक्तदानमा तीस पाउण्ड रगत जम्मा गरिएको छ ।

वृदहरूको स्वास्थ्यको चेकजाँच सहित स्वास्थ्य सचेतना र रगतको महत्वबारे जानकारी गराउँदै उक्त कार्यक्रम सुरु गरिएको थियो । न्यौपानेटार युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि भक्तपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको सो कार्यक्रम चार घण्टा सञ्चालन भएको थियो ।

रक्तदानमा सरिक हुने सम्पूर्णमा धन्यबाद र प्राविधिक सहयोग जुटाउने प्रति विशेष धन्यबाद दिँदै आगामी दिनहरूमा अझ उत्साहका साथ क्लब सामाजिक कार्यमा सरिक हुने क्लबका अध्यक्ष जयराम न्यौपानेले बताए ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १९:००