सेयर बजारमा देखियाे राैनक, कारोबार रकम आठ अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा देखियाे राैनक, कारोबार रकम आठ अर्ब माथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा रौनक देखिएको छ । आज बजार ५४.५४ अंक बढेर २१७५.१७ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ९.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

आज ३०४ कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुदाँ आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २४.१८, विकास बैंक १०९.५७, वित्त ८७.७५, होटल ६५.७१, जलविद्युत ९३.४३, जीवन बीमा १९५.०१, उत्पादन तथा प्रशोधन १५१.०८, माइक्रोफाइनान्स ११६.०९, निर्जीबन बीमा २१३.४६, ट्रेडिङ समूहको ६२.३८ र अन्य समूहको उपसूचक ४३ अंकले बढेको छ ।

आज एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, ज्योति विकास बैंकको ऋणपत्र र हिमालयन ८०–२० को इकाईमूल्य सर्वाधिक घटेको छ।आज कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १५:४९