सुनचाँदीको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य गिरावट



काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर एक लाख १९ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको एक लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको मुल्य पनि तोलामा पाँच रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २ माघ २०८०, मंगलवार ११:४१