व्यापारमा अाउदै सलमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

व्यापारमा अाउदै सलमान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

एजेन्सी  । बलिउड स्टार सलमान खान फिल्म संगसंगै व्यावसाय तिर सक्रिय हुने भएका छन्। सलमानले छिट्टै नै स्मार्टफोन लन्च गर्ने तयारी गरेका छन्।

स्मार्टफोन उद्योगको लागी सलमान ठूला व्यक्तिहरुसंग व्यापार सम्झौता गर्ने तयारीमा जुटेका छन् । सलमान अघिल्लो दुई वर्षदेखि मोबाइल बजारमा उत्रिने मनसायमा थिए।

‘विइङ ह्युमन’का मालिक समेत रहेका सलमानले आफ्नो कम्पनीको स्मार्टफोनको लागी ‘विइङ स्मार्ट’ ट्रेडमार्कमा हस्ताक्षर गरेका छन् ।

साथै उनले फोन उत्पादनको लागि चिनियाँ कम्पनी र फोनको सुरुवाती मोडल पनि चयन गरिसकेका छन् । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टमको हुनेछ। यसलाई ८० हजार भन्दा कम मूल्यमा बजारमा उतारिने छ। फोनको सुरुवाती ब्रिक्री अनलाइनमार्फत गरिनेछ।

फोन विक्रीबाट कमाएको रकम सलमानले सामाजिक कार्यमा लगाउने बताइएको छ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०५:२९ 10 March, 2017 5:29 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।