सुनचाँदीको भाउ बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको भाउ बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २९ पुष २०८०, आईतवार ११:४२