माघको लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माघको लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । आईतबार सबै बैंकले माघ महिनाको लागि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।

जस अनुसार १८ बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर स्थिर राखेका छन् । जसमा प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले १.९ प्रतिशत बिन्दुसम्मले ब्याज घटाएको छ ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनामा ८.९९ प्रतिशत रहेकाेमा माघ महिनाका लागि ८.१७ प्रतिशत कायम भएको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०‍.८२ विन्दुले घटेको छ।

जसमा प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले १.९ प्रतिशत बिन्दुसम्मले ब्याज घटाएको छ । १ प्रतिशत वा सो भन्दा धेरै प्रतिशत बिन्दुले ब्याज घटाउनेमा प्राइम बैंक , कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक रहेका छन् । सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती तर्फको ब्याज मात्र घटाएका छन् ।

कसको कति ?

प्रकाशित : २९ पुष २०८०, आईतवार ११:३०