सहमतिका नाममा एमालेकाे दबाब , सहकारी महासंघकाे निर्वाचनमा कांग्रेस र माओवादी सहभागी नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहमतिका नाममा एमालेकाे दबाब , सहकारी महासंघकाे निर्वाचनमा कांग्रेस र माओवादी सहभागी नहुने



काठमाडौ । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नहुने भएका छन् ।

सम्मानजनक हिसाबले पद बाडफाडमा एमाले नदेखिएकाले निर्वाचन प्रकृयाबाट अलग हुने घाेषणा गठबन्धनले गरेकाे माओवादीका सहकारी विभाग प्रमुख लिलामणी पाेख्रेलले जानकारी दिए । “पटक पटक हामी सहमतिका लागि लाग्यौं तर एमालेका साथीहरूले मिल्न भन्दा पनि दबाउनमा केन्द्रित हुनु भयाे – प्रमुख पाेख्रेलले भने , त्यसकारण प्रतिस्पर्धामा उत्रिनु वा प्रकृयाबाट अलग हुने दुई बाट मध्ये एक बाटाे राेजेका हाै । “

हामी सहकारी अभियानलाई बाहिरबाट सहयाेग गर्ने निर्णयमा पुगेकाे नेपाली कांग्रेशका सहकारी विभाग प्रमुख देवेन्द्रराज कडेलले जानकारी दिए ।

प्रतिस्पर्धा हामी भागे छैनाै कडेलले भने, अबकाे लडाई फरक तरिकाले हुन्छ।

एमालेले गरेकाे  हेपाहा प्रवृतिकाे विरूद्ध गठबन्धन एक जुट भएर लाग्ने कडेलले बताए ।

दुबै दल निकटका सहकारीकर्मीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सहकारी विभागका प्रमुख समेत सहभागीता थियो ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १९:०५