लक्ष्मी सनराइज बैंकमा ३६ ठूला सेयरधनी, धेरै सेयर स्वामित्व रहेको लक्ष्मी कर्प नेपालकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंकमा ३६ ठूला सेयरधनी, धेरै सेयर स्वामित्व रहेको लक्ष्मी कर्प नेपालकाे कति ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकमा ३६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपाल प्रालिको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । उक्त कम्पनीको ७.७८ प्रतिशत अर्थात् १ करोड ६८ लाख ६२ हजार ४६८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, नागरिक लगानी कोषको ४.६३ प्रतिशत अर्थात् १ करोड २ लाख ८ हजार २ कित्ता, सारिका खेतानको ४.१७ प्रतिशत अर्थात् ९० लाख ३६ हजार ७२८ कित्ता, स्नेहा खेतानको ३.९१ प्रतिशत अर्थात् ८४ लाख ६४ हजार ३९६ कित्ता, मोतिलाल दुगडको २.७७ प्रतिशत अर्थात् ६० लाख १० हजार ७४६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, मालचन्द्र दुगडको २.४० प्रतिशत अर्थात् ५२ लाख ३ हजार ६९९ कित्ता, रतन लाल संघईको २.३९ प्रतिशत अर्थात् ५१ लाख ८० हजार २८२, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत अर्थात् ५१ लाख २ हजार ३०६ कित्ता, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत अर्थात् ५० लाख ९९ हजार १४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै हिमालयन एक्जीम प्रालिको १.९७ प्रतिशत अर्थात् ४२ लाख ६३ हजार ५५, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत अर्थात् ४० लाख ९२ हजार २६४ कित्ता, श्रवण कुमार गोयलको १.६१ प्रतिशत अर्थात् ३४ लाख ९६ हजार ८९७ कित्ता, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत अर्थात् ३० लाख ५२ हजार ५९९ कित्ता, विवेक दुगडको १.३३ प्रतिशत अर्थात् २८ लाख ९१ हजार ३३३ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, एमटीसी इन्भेष्टमेन्ट प्रालिको १.२८ प्रतिशत अर्थात् २७ लाख ७३ हजार ७४२ कित्ता, बच्छराज तातेडको १.१५ प्रतिशत अर्थात् २४ लाख ९२ हजार ६५८ कित्ता, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९९ प्रतिशत अर्थात् २१ लाख ५२ हजार ९८६ कित्ता, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत अर्थात् १८ लाख ५८ हजार ५१९ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, निधि दुगडको ०.८४ प्रतिशत अर्थात् १८ लाख ११ हजार २१४ कित्ता, पुजा दुगडको ०.७९ प्रतिशत अर्थात् १७ लाख १२ हजार ८०६ कित्ता, श्रद्धा दुगडको ०.७८ प्रतिशत अर्थात् १६ लाख ८३ हजार ७५० कित्ता, विवेक तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ७४ हजार ४३८ कित्ता, विशाल तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता, शौरभ तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, श्री निवास शारडाको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७० कित्ता, ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत अर्थात् १६ लाख ४९ हजार ३९७ कित्ता, प्रियंका अग्रवालको ०.६४ प्रतिशत अर्थात् १३ लाख ७८ हजार ७१२ कित्ता, सरोज दुगडको ०.६० प्रतिशत अर्थात् १३ लाख २ हजार ७४६ कित्ता, जमुना पौड्यालको ०.५५ प्रतिशत अर्थात् ११ लाख ९८ हजार ८२१ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, राधेश्याम शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५१० कित्ता, पवन कुमार शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, शिवरतन शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, सुभम दुगडको ०.५४ प्रतिशत अर्थात् ११ लाख ६७ हजार १६४ कित्ता, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत अर्थात् ११ लाख ३४ हजार ४७९ कित्ता, कविता लोहियाको ०.५१ प्रतिशत अर्थात् ११ लाख १३ हजार ७३७ कित्ता र मानव अग्रवालको ०.५१ प्रतिशत अर्थात् ११ लाख ६३ कित्ता सेयर स्वामित्व छ ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १७:१७