कालिका लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिका लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले आफ्ना तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६१ हजार कित्ता सेयर विक्रिमा ल्याएको हो ।

यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा सूचना जारी भएको मितिबाट ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

सो समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा त्यसपछि अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिनेछ ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १३:१९