सेयर बजारमा झिनो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंककाे गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । बजार मापन गर्ने सूचक ०.६२ अंकले घटेर परिसूचक २०८८.९९ बिन्दु कायम भएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।

आज ३०७ कम्पनीको दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थाक सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ८५ लाख ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ पुष २०८०, बिहीबार १५:५१